कांग्रेसको अनुशासन समिति बैठक जारी

काठमाण्डु टुडे २०८३ वैशाख २ गते १२:५३ मा प्रकाशित

काठमाण्डू, २ वैशाख– कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक जारी छ । कांग्रेसको मुख्यालय सानेपामा आज बिहान ११ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो ।

पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बसेको हो । आज बुधबार नै केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ ।

उक्त बैठक दिउँसो २ बजेका लागि तय भएको छ । यो बैठक पूर्वनिर्धारित हो । उक्त बैठक बस्नुअघि अनुशासन समितिको बैठक बसेको हो ।

विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापाको टिमले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि खड्का समूहले समानान्तर गतिविधि गरिरहेको छ । यस विषयमा अनुशासन समितिको बैठकमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us