दीपक भट्ट, सुलभ अग्रवालको घर र हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा

काठमाण्डु टुडे २०८३ वैशाख २ गते १२:२२ मा प्रकाशित

काठमाण्डू, २ वैशाख– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा मारेको छ ।

मंगलबार निजी निवास र हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा विभागले छापा मारेको स्रोतले जानकारी दिएको छ । छापा हानेर अनुसन्धानका लागि आवश्यक कागजात लिएको विभागका एक कर्मचारीले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् । दीपक भट्ट निजी क्षेत्रको रिइन्स्योरेन्स कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीका ठूला शेयरधनीमध्ये एक हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us