अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

काठमाण्डु टुडे २०८२ चैत ३० गते १६:५७ मा प्रकाशित

काठमाण्डू, ३० चैत– महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका छन् ।

सोमबार सिंह जलेश्वरस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरकारी कार्यालयको प्रमुखसँग प्रशासन कार्यालयमा छलफल गरिरहेको बेला उनीविरुद्ध कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् ।

स्थानीय नेता कार्यकर्तासँग कुनै समन्वय नगरी सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरेको भन्दै उनीहरू असन्तुष्टि जनाएका हुन । उनीहरूले ‘अमरेश सिंह मुर्दावाद’ लगायतको नारा लगाएका थिए । बैठक कक्षमै प्रवेश गर्न खोजेका नेता कार्यकर्तालाई भने प्रहरीले रोकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us