कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

काठमाण्डु टुडे २०८२ चैत ३० गते १६:१६ मा प्रकाशित

काठमाण्डू, ३० चैत– कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक २ वैशाखमा दिउँसो ११ बजे बस्नेगरी अनुशासन समितिको बैठक बोलाइएको समितिका सचिव दिनेश थापामगरले जानकारी दिएका छन ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उनले जानकारी दिएका छन । कांग्रेसले सोही दिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ । दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

त्यसअघि अनुशासन समितिको बैठक बस्न लागेको हो । यसअघि गत १८ चैतमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले अनुशासन उल्लंघनको आरोप लागेकाहरूलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us