पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

काठमाण्डु टुडे २०८२ चैत ३० गते १३:४९ मा प्रकाशित

काठमाण्डू, ३० चैत– प्रतिनिधि सभाका सभामुख डीपी अर्याल पूर्वसभामुखहरूसँग छलफलमा जुटेका छन् । सभामुख अर्यालले आज पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचारविमर्श भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us