काठमाण्डू, ३० चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहनकुमार श्रेष्ठले सरकारका मन्त्रीहरू आफैँले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गरेको बताएका छन ।
साथै, उनले मन्त्रीहरूले कमाएको धनको आय र कर तिरेको विवरण पनि सार्वजनिक गर्नुपर्ने माग समेत गरेका छन । प्रवक्ता श्रेष्ठले भने, ‘मन्त्रीहरू आफैँले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गरेको छ ।
धन कमाउन र धनी बन्न पाइन्छ तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस् ।’ बालेन्द्र सरकारका कतिपय मन्त्रीहरूका सम्पत्ति विवरणमा नगद, गरगहना, घरघडेरी, शेयर र अन्य लगानी औसत नेपालीको भन्दा धेरै माथि देखिएको जिकिर गर्दै यस्तो बताएका हुन्। उनले मन्त्रीका हदबन्दीभन्दा बढी जग्गाको विवरण स्वयंबाट सार्वजनिक भएको उल्लेख गरे ।
‘बालेन सरकारका कतिपय मन्त्रीहरूका सम्पत्ति विवरणमा नगद, गरगहना, घरघडेरी, शेयर र अन्य लगानी औसत नेपालीको भन्दा धेरै माथि देखियो, सामाजिक सञ्जालमा उनले भने, रोचक त कतिपय मन्त्रीका हदबन्दीभन्दा बढी जग्गाको विवरण स्वयंबाट सार्वजनिक भएको छ ।’