एमाले नेता बाँस्कोटाको टिप्पणीः डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ

काठमाण्डु टुडे २०८२ चैत ३० गते ११:४७ मा प्रकाशित

काठमाण्डू, ३० चैत– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले देश लंका बनिसकेको भन्दै टिप्पणी गरेका छन । प्रधानमन्त्री, मन्त्रीहरूले सुनका गरगहनासहितको सम्पत्ति विवरण सार्वजनिक गरेपछि एमाले नेता बास्कोटाले यस्तो टिप्पणी गरेका हुन ।

उनले गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेको भन्दै टिप्पणी समेत गरेका छन । ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाइलो भयो ।

देश लंका बनिसकेछ। डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ,’ उनले भनेका छन्। सम्वृद्धि आइसकेको र सुशासन त्यहीँबाट आरम्भ हुने उनको कटाक्ष छ ।

‘म झनै खुसी किन कि जहाँ कंगाल त्यहीँ चाण्डाल भन्थे, त्यो दुर भएछ। झिक्कै झिक्कै मया तम्लाई,’ उनले प्रधानमन्त्री बालेनकै शैलीमा टिप्पणी गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us