काठमाण्डू, २९ चैत– प्रहरीले जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक लाई पक्राउ गरेको छ । मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका धनगढीमाई नगरपालिका—९ का राजेश दासलाई पक्राउ गरिएको हो ।
गाँजा तस्करी भइरहेको सूचना प्राप्त भएपछि परिचालन भएको सशस्त्र प्रहरी बलको टोलीले आज बिहान निजलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
शङ्का लागेर सुखिपुर क्षेत्रमा जाँच गर्दा चाँदीका गाँजासहित ब्रासलेट, नगद रु.२५ हजार र एक थान मोबाइल सेट बरामद गरीएको प्रहरीले जनाएको छ ।