फेरि छलफलमा जुट्यो राप्रपाको असन्तुष्ट पक्ष

काठमाण्डु टुडे २०८२ चैत २९ गते १४:३५ मा प्रकाशित

काठमाण्डू, २९ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले पुनः छलफलमा जुटेको छ । संस्थापनइतरको बैठक चुनावपछि फेरि छलफलमा जुटेको हो ।

राप्रपा महामन्त्री डा.धवलशमशेर राणाको अगुवाइमा असन्तुष्ट पक्षको बैठक काठमाण्डूको कान्तिपथस्थित होटल यलो पगौडामा बसिरहेको छ । बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिएर महाधिवेशन कमिटी घोषणा गर्नुपर्ने विषयमा बैठकमा छलफल हुनेछ ।

सहभागी नेताले भने, ‘चुनावी पराजय, अध्यक्षले राजीनामा दिएर महाधिवेशन आयोजक कमिटी गठन, उपसभामुखमा उम्मेदवारी लगायतमा छलफल भइरहेको छ ।’ अध्यक्ष लिङ्देन नेतृत्वको समितिको अवधि मंसिरमा सकिएको थियो ।

चुनावपछि महाधिवेशन गर्ने निर्णय गरिएपनि मिति भने तय गरिएको छैन । निर्वाचनमा पार्टीको पराजय पछि निर्देशक समितिका संयोजक प्रकाशचन्द्र लोहनीले केन्द्रीय पदाधिकारीले राजीनामा दिनुपर्ने तर्क गरेका छन् ।

महाधिवेशनसम्मका लागि तदर्थ समिति गठन गरेर पदाधिकारी सबैले राजीनामा दिनुपर्ने लोहनीको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us