काठमाण्डू, २९ चैत– रोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–२ नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगरको शनिबार साँझ भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जुँगारदेखि नुवागाउँ घरतर्फ जाने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । रयालेस्थित बाटोदेखि करिब ६० मिटर तल खोलामा लड्न गएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिएका छन ।
नेपालीको जानकारी अनुसार घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन ।