प्युठानमा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु

काठमाण्डु टुडे २०८२ चैत २९ गते ११:३२ मा प्रकाशित

काठमाण्डू, २९ चैत– प्युठानको माण्डबी गाउँपालिका–५ रम्दीवेशीमा टिप्परले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक यामबहादुर घर्ती रहेको प्रहरीले जानकारी दिएको छ ।

चेरनेटा–बरौला सडकखण्डमा भएको दुर्घटनामा घाइते भएका यामबहादुरलाई प्युठान अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न टिप्पर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us