रामजी र गौरीले लिए मन्त्री पदको सपथ

काठमाण्डु टुडे २०८२ चैत २७ गते २१:३१ मा प्रकाशित

काठमाण्डू, २७ चैत- नवनियुक्त मन्त्रीद्वय गौरीकुमारी यादव र रामजी यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।

शीतलनिवासमा शुक्रबार साँझ अबेर आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई सपथ खुवाएका हुन् ।

सत्तारुढ रास्वपाका सांसद् यादवद्वयलाई शुक्रबार मन्त्री नियुक्त गरेका थिए । रामजीलाई श्रम र गौरीलाई उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिइएको छ ।

रामजी सप्तरी २ र गौरी ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

स्वार्थ बाझिने काम गरेको भन्दै बिहीबार मात्र प्रधानमन्त्री शाहले दीपक साहलाई बर्खास्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us