२५ वर्षीया रुबीकुमारी उपसभामुख निर्वाचित

काठमाण्डु टुडे २०८२ चैत २७ गते २०:५२ मा प्रकाशित

काठमाण्डू, २७ चैत- प्रतिनिधिसभाको उपसभामुखमा २५ वर्षीया सांसद् रूबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।

शुक्रबार उपसभामुख चयनका लागि भएको निर्वाचनमा ठाकुर निर्वाचित भएकी हुन् । उनलाई श्रम संस्कृति पार्टीले उम्मेदवार बनाएको थियो । उनको पक्षमा २ सय

२९ र विपक्षमा ५ मत परेको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए । यस्तै तटस्थमा २२ मत परेको छ ।
प्रतिनिधिसभामा २ सय ५६ सांसद उपस्थित थिए ।

ठाकुरका पक्षमा सरकारका नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीका सांस्दले मत दिए । ठाकुरकोविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरस्वती लामालाई उम्मेदवार बनाएको थियो । उनका पक्षमा राप्रपाका ५ सासदले मात्र मत दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us