जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीले दिए राजीनामा

काठमाण्डु टुडे २०८२ चैत २७ गते १८:०५ मा प्रकाशित

काठमाण्डू, २७ चैत– सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएपछि परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै आएका जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले पदबाट राजीनामा दिएका छन ।

उनले गत बुधबार दिएको राजीनामा बिहिबार परराष्ट्रमन्त्री शिशिर खनालले स्वीकृत गरेका हुन । सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध राजदूतहरूले सर्वोच्चमा रिट हालेका थिए । उक्त रिटमा अदालतले निर्णय कार्यान्वयन नगर्नु भन्ने आदेश दिएपछि मन्त्रालयले पदबाट हट्न नचाहेका राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा छुट्टै कार्यकक्ष खडा गरे हाजिर गराउँदै आएको थियो । रुपाखेती पनि राजीनामा नदिइ हाजिर गर्दै आएका थिए ।

‘एक कानुन पालन गर्ने नागरिकको रूपमा मैले सर्वोच्च अदालतको मान राखी उक्त आदेशको पालना गर्नु आफ्नो कर्तव्य ठानें र तत्कालीन सरकारले पठाएको दोस्रो पत्र बमोजिम नेपाल फर्केर परराष्ट्र मन्त्रालय मै हाजिर भएँ’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us