सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन

काठमाण्डु टुडे २०८२ चैत २७ गते १६:२८ मा प्रकाशित

काठमाण्डू, २७ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसद र केन्द्रीय सदस्यहरूलाई सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न अनुरोध गरेको छ ।

आज (शुक्रबार) बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अनावश्यक रूपमा सिंहदरबारमा नजान र भिडभाड नगर्न निर्देशन दिएको एक नेताले जानकारी दिएका छन ।

अत्यावश्यक काम भएमा मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य मन्त्रालयमा जान रास्पपाले केन्द्रीय सदस्य, सांसद र पार्टीका सदस्यहरूलाई निर्देशन दिएको हो ।

यस्तै सभापति लामिछानेले आफन्त र साथीभाइलाई नियुक्ति दिलाउन नलाग्न पनि मन्त्री र सांसदलाई निर्देशन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us