कतारमा ३ जना नेपालीले पाए आममाफी

काठमाण्डु टुडे २०८२ चैत २७ गते १६:१० मा प्रकाशित

काठमाण्डू, २७ चैत– कतारले ३ जना नेपालीलाई आममाफी दिएको छ । कतारको रमदानको अवसरमा कतारले ३ जनालाई आममाफी दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीका अनुसार ३ जनालाई कतारी आमिरले आममाफी दिएको हो । कतारी महत्त्वपूर्ण पर्व रमदानको अवसरमा कतारी राजाले आममाफी दिएका हुन् ।

आममाफी दिएपछि नेपालले कतारलाई धन्यवाद दिएको छ । लामो समयदेखिको नेपाल र कतारबीचको कुटनैतिक सम्बन्ध प्रगाढ रहेको बताउदै नेपालीले पाएको आममाफीबाट थप प्रगाढ रहने नेपालले विश्वास गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us