संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति पौडेल

काठमाण्डु टुडे २०८२ चैत २७ गते १५:३० मा प्रकाशित

काठमाण्डू, २७ चैत– राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगेका छन । सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा राष्ट्रपति पौडेलले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जसका लागि पौडेल संसद् भवन पुगेका हुन् । आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य हुन लागेको हो । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us