उपसभामुखको शपथ साँझ ६ बजे

काठमाण्डु टुडे २०८२ चैत २७ गते १४:४१ मा प्रकाशित

काठमाण्डू, २७ चैत– प्रतिनिधि सभामा निर्वाचित उपसभामुखको शपथको समय तय भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासले आज साँझ ६ बजे उपसभामुखको शपथ हुनेछ ।

आज अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्नेछ । उपसभामुख पदका लागि २ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

सत्तारुढ दल रास्वपासहितको समर्थनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । रुबी उपसभामुख बन्ने पक्काजस्तै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us