अस्पतालबाट भागे लागु औषध मुद्दाका थुनुवा

काठमाण्डु टुडे २०८२ चैत २७ गते १४:३३ मा प्रकाशित

काठमाण्डू, २७ चैत– कैलालीमा उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा फरार भएका छन । बिहीबार मिर्गी भएर ढलेपछि थुनुवा धनगढी उपमहानगरपालिका—७ मनहेराका ३२ वर्षीय मुकेश रानालाई प्रहरीले उपचारका लागि सेती प्रादेशिक अस्पताल लगेको थियो ।

तर, राना उपचारकै क्रममा फरार भएको प्रहरीले जानकारी दिएको छ । अस्पतालमा प्रहरीको निगरानीमा रहेका राना राति पौने ९ बजेतिर भागेका थिए । अस्पतालबाट भागेका रानाको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले रानाको खोजी कार्य भइरहेको जानकारी दिएका छन। उनकाअनुसार रानालाई प्रहरीले १३ ग्राम ब्राउन सुगरसहित २४ चैतमा पक्राउ गरेको थियो ।

बिहीबार साँझ ५ बजेतिर मिर्गी आएर ढलेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो । तर, होस् खुलेपछि निगरानीमा खटिएका प्रहरीको नियन्त्रणमा उनी भागेर फरार भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us