नयाँ मन्त्रीहरूको शपथ आजै

काठमाण्डु टुडे २०८२ चैत २७ गते १४:२९ मा प्रकाशित

काठमाण्डू, २७ चैत– शुक्रबार मन्त्री बन्न लागेका गौरीकुमारी यादव र रामजी यादवको आजै शपथ ग्रहण हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

उनले श्रममन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरी यादवलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार, उनीहरूको शपथ ग्रहण पनि आजै हुनेछ ।

यद्यपि राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय तय भइनसकेको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us