काठमाण्डू, २७ चैत– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दुई मन्त्री नियुक्त गरेका छन् । उद्योगमा गौरी कुमारी यादव र श्रममा रामजी यादवलाई नियुक्त गरेका हुन ।
गौरी कुमारी उद्योग महोत्तरी ४ बाट निर्वाचित हुन् भने रामजी सप्तरी २ बाट जनमतका अध्यक्ष सीके राउतलाई हराएर सांसदमा निर्वाचित भएका थिए ।
पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए। उद्योग मन्त्रालय सरकार गठन गरेदेखि नै प्रधानमन्त्री शाहले आफैँ राखेका थिए । यसबाहेक प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय पनि आफैँ सम्हाल्दै आएका छन् ।