काठमाण्डू, २७ चैत– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन । नेपालगञ्जबाट काठमाण्डूतर्फ जाँदै गरेको भे १ ख ४३७३ नम्बरको बस गएराति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा ३ जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जनाको बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिएका छन ।
दुर्घटना लगत्तै प्रहरी टोली यात्रुको उद्धारमा खटिएको थियो । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।