काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।
भदौ २४ मा उनका निवासमा भएको आगजनी घटनाको अनुसन्धानको क्रममा नेपाली मुद्रा साथै धेरै विदेशी मुद्रा फेला परेको थियो। उनीमाथि स्काउट संगठनको जग्गा हिनामिनाको आरोप पनि लागेको छ।
सीआईबी प्रमुख एआईजी मनोज केसीले खड्का पक्राउ भएको पुष्टि गरे ।