काठमाण्डू, २५ फागुन– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बन्न सफल भएको छ ।
प्रत्यक्षमा भने रास्वपा दोस्रो भएको थियो । अन्तिम मत परिणाम अनुसार रास्वपाले २५ हजार ६६५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।
नेपाली कम्युनिष्ट पार्टीले २० हजार ३२९ मतसहित दोस्रो स्थान हासिल गरेको छ भने नेपाली कांग्रेस १६ हजार ०६९ मतसहित तेस्रो स्थानमा रहेको छ ।
एमाले भने १४ हजार ०९२ मतसहित चौथो स्थानमा सीमित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४३० मत, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० ले ६९७ मत र श्रम संस्कृति पार्टीले ३२२ मत प्राप्त गरेका छन् ।