निर्वाचनबाट एमालेको नीति र नेतृत्व अस्वीकृत भयोः एमाले उपमहासचिव भट्टराई

काठमाण्डु टुडे २०८२ फागुन २५ गते १३:३६ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– एमाले उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले एमालेको नीति र नेतृत्व अस्वीकृत गरेको तर्क गरेका छन ।

आज (सोमबार) सामाजिक सञ्जाल फेसबुक मार्फत उपमहासचिव भट्टराईले नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी आमसाधरणसँग अपिल समेत गरेका छन ।

उपमहासचिव भट्टराईले लेखेका छन, ‘निर्वाचनमा आफ्नो मत मार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो, ‘हामीले आफूभित्र सर्वाङ्‍गीण रूपान्तरण मार्फत जनसमर्थन पुनस् आर्जनको बाटो लिनुपर्दछ ।’

गत २३ र २४ भदौ पछि पार्टीले लिएको नीतिप्रति असहमति जनाएर पार्टी बैठक र महाधिवेशनमा राखे पनि अस्वीकृत भएको सम्झदै भट्टराईले उक्त बहस पुनस् खुला गर्नुपर्ने समेत बताएका छन ।

नीति र नेतृत्वबारे बहस गरेर जाँदा एमाले फेरि उठ्ने उनले विश्वास समेत गरेका छन् । उनले लेखेका छन, ‘कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौं ।

सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैली मार्फत हामी उठ्नेछौं र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउनेछौ, ‘संयम र धैर्यताका साथ पार्टी पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ्न र आत्मभस्सर्ना होइन, आत्मसमीक्षाको बाटोमा हिड्न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us