अबको प्रधानमन्त्री बालेन नै होः सोबिता

काठमाण्डु टुडे २०८२ फागुन २३ गते १५:२९ मा प्रकाशित

काठमाण्डू, २३ फागुन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोविता गौतमले अबको सरकारको नेतृत्व बालेन्द्र शाह (बालेन) ले गर्ने बताएकी छन् ।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वघोषणाअनुसार बालेन नै प्रधानमन्त्री बन्ने स्पष्ट गरिन् ।

उनले जनताले अन्तिम आशाका रुपमा विश्वास गरेर रास्वपालाई अभिमत दिएकाले सोहीअनुसार अघि बढ्ने उनको भनाइ थियो । जनताले गरेको विश्वासलाई नतिजामा परिणत गर्ने गरी काम गर्ने प्रतिबद्धता पनि उनले जनाइन् ।

‘जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिनुभएको छ,’ गौतमले भनिन्, ‘यसलाई गम्भीरतापूर्वक लिएर अगाडि बढ्छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us