बालेनकै नेतृत्वमा सरकार बन्छः सोविता गौतम

काठमाण्डु टुडे २०८२ फागुन २३ गते १५:३७ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– चितवन–३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृ सोविता गौतमले बालेन्द्र शाह(बालेन) को नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेकी छन ।

निर्वाचित भएको प्रमाणपत्र लिएपछि पत्रकारसँग कुराकानी गर्दै नेतृ गौतमले चुनावभन्दा अगाडि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेकाले उनी नै प्रधानमन्त्री बन्ने तर्क गरेकी हुन ।

रास्वपाका पक्षमा नेपाली जनताले गरेको विश्वासलाई नतिजा दिनेगरी काममा रूपान्तरण गर्ने उनले प्रतिबद्धता जनाइन् । ‘जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिनुभएको छ,’ नेतृ गौतमले भनिन्, ‘यसलाई गम्भीरतापूर्वक लिएर अगाडि बढ्छौँ ।’

गौतमले ५९ हजार २७७ मत ल्याएर निर्वाचनमा जित हात पारेकी हुन् । यो अहिसम्मकै सर्वाधिक मतको जित हो । गौतमकी निकतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत ल्याइन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us