गुल्मी–१ बाट रास्वपाका सागर ढकाल विजयी

काठमाण्डु टुडे २०८२ फागुन २३ गते १५:२३ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– गुल्मी क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकाल विजयी भएका छन् ।

ढकाल ३० हजार ४ सय ४८ मतसहित विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप ज्ञवालीले १५ हजार ३ सय २८ मत पाएका छन् । उनीहरुबीच १५ हजार १ सय २० मतको फरक छ ।

कांग्रेसका चन्द्र भण्डारी १३ हजार ७ सय ३१ मतसहित तेश्रो भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us