काठमाण्डू, २३ फागुन–नुवाकोट क्षेत्र नम्बर–१ मा काँग्रेस उम्मेदवार डा. प्रकाशशरण महतले अग्रता लिएका छन् ।
ककनी, तादी र दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर–१ घ्याङ्फेदी र वडा नम्बर–२ गाउँखर्क र दुप्चेश्वर गाउँपालिका–४ जिम्नाडाँडा मतदान केन्द्रको मतगणना सकिँदा महत झिनो मतान्तरसहित अगाडि लागेका हुन् ।
महतले ६ हजार ८ सय ८५ मतसहित अग्रता लिएका हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. विक्रम तिमिल्सिनाले ६ हजार ८ सय ७३ मतसहित पछ्याइरहेका छन् ।