थापा गाउँमा विशेष महाधिवेशन पक्षधर कांग्रेस युवाहरूको भेला

काठमाण्डु टुडे २०८२ कार्तिक २८ गते १४:५५ मा प्रकाशित

काठमाण्डू, २८ कात्तिक– कांग्रेस विशेष महाधिवेशन पक्षधरले युवाहरुले काठमाण्डूको थापागाँमा भेला गरेका छन् । थापागाउँमा भेला राखेर युवाहरूले विशेष महाधिवेशनको माग गरेका हुन् ।

कांग्रेस महामन्त्री गगन थापा पधधरको उल्लेख्य सहभागी रहेका छन । भेलामा विशेष महाधिवेशनका लागि हस्ताक्षरको अगुवाई गर्ने नेताहरू सहित महामन्त्री थापा निकटका केन्द्रीय सदस्यहरू सहभागी रहेका छन ।

जेनजी आन्दोलनपछि अवस्था असमान्य भएको हुँदा नै विशेष महाधिवेशनको माग गरिएको वक्ताहरूले बताएका छन् । नियमित समय अनुसारको परिस्थिति हाल नभएको हुँदा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व सहित चुनावमा जानुपर्ने वक्ताहरूको धारणा छ ।

वक्ताहरूले विशेष महाधिवेशनका लागि काउन्डाउन सुरु भइसकेको समेत बताएका छन् । महामन्त्री थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुने स्पष्ट पारेका छन् ।

महामन्त्री थापाले २७ मंसिरमा विशेष महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा बिहीबार प्रस्ताव गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us