महाधिवेशनमा संगठन र विधानबारे थप बहस आवश्यक छः ईश्वर पोखरेल

काठमाण्डु टुडे २०८२ कार्तिक २८ गते १४:४१ मा प्रकाशित

काठमाण्डू, २८ कात्तिक– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता रहेको बताएका छन । आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै पोखरेलले यस्तो आवाश्यकता रहेको ओँलाएका हुन ।

एमाले उपाध्यक्ष पोखरेलले जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भई नयाँ निष्कर्षमा पुग्न महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहने पनि बताएका छन ।

उनले भने, ‘भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नुपर्ने आवश्यकता छ ।

तसर्थ, आगामी एघारौं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ, ‘हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्न महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ ।’

उनले आगामी १३ मंसिरमा एकै दिन देशभर हुने महाधिवेशन प्रतिनिधिहरूको छनोटमा संगठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ सहभागी बन्न पार्टी सदस्यहरूलाई आग्रह समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us