काठमाण्डू, २८ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।
पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियार निकट उच्च स्रोतले जानकारी दिएको छ । उनी विघटित प्रतिनिधिसभामा रास्वपा पार्टीको प्रमुख सचेतक समेत रहेका थिए ।
उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएको स्रोतले जानकारी दिएको छ ।
पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहसमा परियार पनि थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए ।