प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनाव लड्न चाहनेलाई दल दर्ताको आह्वान

काठमाण्डु टुडे २०८२ कार्तिक २८ गते १३:१७ मा प्रकाशित

काठमाण्डू,२८ कात्तिक- निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन लड्न चाहने दललाई दल दर्ताको आह्वान गरेको छ ।

प्रतिनिधिसभा निर्वाचन लड्न चाहनेलाई मंसिर १ गतेदेखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचन लड्न चाहनेलाई मंसिर १ गतेदेखि ७ गतेसम्म दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसकेको हुनुपर्ने आयोगले जानकारी दिएको छ ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us