ओलीले पर्दैन भनेर संरक्षण गरेका एमाले केन्द्रीय सदस्य शेर्पा पक्राउ

काठमाण्डु टुडे २०८२ कार्तिक १८ गते २०:२१ मा प्रकाशित

काठमाण्डू, १८ कात्तिक– प्रहरीले एमाले केन्द्रीय सदस्य पासाङ शेर्पालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले शेर्पालाई मंगलबार पक्राउ गरेको हो ।

एसएसपी रमेश थापाले शेर्पालाई बहुविवाहको कसुरमा पक्राउ गरिएको जानकारी दिए । थापाका अनुसार थापाका अनुसार फैसला कार्यान्वयन लागि शेर्पालाई पक्राउ गरिएको हो जिल्ला अदालत काठमाण्डूले जेठी श्रीमतीको जाहेरीमा शेर्पालाई एक वर्ष जेल र पाँच हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।

तर, शक्तिको आडमा शेर्पा कैद भुक्तान नगरी खुलेआम हिंडिरहेका छन् ।

केही दिनअघि बसेको एमाले सचिवालय बैठकमा अदालतले जेल सजाय तोके पनि शेर्पालाई केन्द्रीय सदस्य कायमै राखेकामा नेताहरुले अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा ओलीले आफूविरुद्ध पनि त्यस्तो उजुरी परेको भन्दै कारबाही नगर्ने बताएपछि सचिव योगेश भट्टराईले प्रतिवाद गरेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us