एकीकृत समाजवादीका असन्तुष्ट नेताबारे ओलीः समूहगत एकता हुँदैन, व्यक्तिगत रुपमा एमाले प्रवेश गरे स्वागत छ

काठमाण्डु टुडे २०८२ कार्तिक १५ गते २१:५१ मा प्रकाशित

काठमाण्डू,१५ कात्तिक– एमाले अध्यक्ष केपी ओलीले माओवादीसँगको पार्टी एकतामा सामेल नहुने बताएका एकीकृत समाजवादीको असन्तुष्ट पक्षसँग समूहसँग एकता नहुने बताएका छन् ।

भक्तपुरको गुण्डुस्थित आफ्नै निवसमा शनिबार बसेको पार्टी सचिवालय बैठकमा ओलीले व्यक्तिगत रुपमा एमाले फर्कनेका लागि ढोका खुला रहेको बताए ।

ओलीले यसअघि शुक्रबार भने एकीकृत समाजवादीको असन्तुष्ट समूहलाई पुराकै घर फर्कन सामाजिक सञ्जालमार्फत अपिल गरेका थिए ।

एकीकृत समाजवादीले शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य

रामकुमारी झाक्री, धनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ लगायतले छुट्टै भेला गरी अर्को पार्टी बनाउने तयारी गरेका छन् ।

एक नेताका अनुसार ओलीले एकीकृत समाजवादीका नेता कार्यकर्तासँग आफूले व्यक्तिगत रुपमा कुरा गरिरहेको जानकारी सचिवालय बैठकमा गराएका थिए ।

समूह बनाएर आएर एमालेसँ एकता गरियो भन्न नदिइने उनले स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us