जनार्दन शर्माको शैली ठीक भएन: प्रचण्ड

काठमाण्डु टुडे २०८२ कार्तिक १५ गते १९:०१ मा प्रकाशित

काठमाण्डू, १५ कात्तिक- माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेता जनार्दन शर्माको शैली गलत भएको टिप्पणी गरेका छन् ।

शर्मा शनिबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा आफ्ना भनाइ राखेर बैठक चल्दाचल्दै बीचैमा निस्किएका थिए ।

बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग  कुरा गर्दै उनले नेतृत्व हस्तान्तरणको बहस ओझेलमा पार्न एकीकृत समाजवादीसँग एकताको तयारी भएको भन्दै आपत्ति जनाए ।

नेतृत्व हस्तान्तरणको एजेन्डा मुख्य भए पनि शर्माले मनोनीत नेतृत्वलाई सुरक्षित बनाउन खोज्ने प्रवृत्ति देखा परेको बताए । यस्तो शैलीले पार्टीलाई अगाडि बढाउँदैन भन्ने ठानेर आफू बैठकबाट बाहिरिएको उल्लेख गरे ।

बैठकपछि संयोजक पुष्पकमल दाहाल प्रचण्डले शर्मा बैठक छाडेर  बीचमै निस्किएकामा आपत्ति जनाए ।

बैठक राम्रोसँग अगाडि बडे पनि सबैको कुरा नसुनी शर्मा उठेर हिँडेको भन्दै  उक्त शैली उचित नभएको टिप्पणी गरे ।

माओवादी केन्द्रभित्र कुनै विभाजन नभएको दाबी गर्दै प्रचण्डले   आगामी केन्द्रीय समिति बैठकसम्म शर्मासहित सबै नेताहरू फेरि एउटै धारणामा आउने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us