काठमाण्डू, २१ भदौ– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब बन्द भएको छ । सरकारको निर्णय मान्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन मान्दै इन्टरनेट सेवा प्दायक संघ (आईएपान)ले नेपालमा युट्युबको सेवा बन्द गरेको हो ।
युट्युब बन्द भएसँगै त्यहाँभएका म्युजिक भिडियो, फिल्म, वेबसिरिज, गीत–संगीत, समाचार, कमेडीलगायतका थुप्रै भिडियोहरू बन्द भएका छन् ।
आईएसपानका अध्यक्ष सुधीर पराजुलीले युट्युबका सबै आइपी एड्रेसहरू खोज्दै बन्द गर्ने प्रक्रिया सुरू भइकेको जानकारी दिएका छन । उनका अनुसार अहिले वेब ब्राउजरमा युट्युबका आईपी एड्रेसहरू बन्द गरिएका छन् भने मोबाइलमा चलिरहेको छ ।