दाँत फोहोर भएको भन्दै १७३ सैनिक बर्खास्त

काठमाण्डु टुडे २०८२ भदौ १९ गते १२:४३ मा प्रकाशित

एजेन्सी– केहिले काहिँ दुनियामा अनौठो अनौठो समाचारहरु बाहिरने गर्छन् । बेलायतबाट यस्तै एउटा अनौठो घटना बाहिरीएको छ । कुनैपनि सैनिक के–के कारणले जागिरबाट निकालिन्छ होला ? व्यवसायिक तथा नैतिक आचरण पालना नगर्नु बर्खास्तगीमा पर्ने प्रमुख कारण हो । तर बेलायतमा भने दाँत फोहोर भएको भन्दै १ सय ७३ जना नव प्रवेशी सैनिकलाई जागिरबाट निकालिएको छ ।

समाचार अनुसार बेलायती सेनामा भर्ती भएका ती जवानलाई फोहोर दाँत भएको र दाँतमा किरा लागेको भन्दै बर्खास्त गरिएको हो । आफ्नो दाँत समेत सम्हाल्न नसक्ने सैनिकले सेनाका अत्यन्तै महत्वपूर्ण अभियानमा कसरी जिम्मेवारी सम्हाल्ला ? भन्दै उनीहरुलाई जागिरबाट निकालीको बताइको छ ।

डेलीस्टारका अनुसार बेलायती सेनाले सैन्य सेवामा भर्खरै प्रवेश गरी सेना बन्ने इच्छा राखेका केही जवानलाई खराब दाँतकै कारण जागिरबाट निकालेको छ । पछिल्लो ४ वर्षमा १ सय ७३ जना नयाँ सैनिकलाई दाँत सडेको तथा गिँजाको भएका कारण बर्खास्त गरिएको हो ।

बेलायतको रक्षा मन्त्रालयको तथ्यांक अनुसार यस अवधिमा भर्नाका लागि अयोग्य घोषित भएका ४७ हजार नयाँ सैनिकमध्ये १ सय ७३ जनालाई दाँतको स्वास्थ्यका आधारमा सैन्य सेवाका लागि अयोग्य ठहर गरिएको हो। गत जून महिनामा प्रकाशित रिपोर्टमा २६ हजार जना सैनिकको दाँत तथा गिँजाको उपचार आवश्यक रहेको उल्लेख छ ।

हालैको एक अध्ययन अनुसार विभिन्न सैन्य अपरेसन तथा अभियानहरुमा तैनाथ हरेक १ हजार बेलायती सेनामध्ये १ सय ५० जनालाई कुनै न कुनै समयमा दन्त चिकित्साको आवश्यकता पर्दछ। त्यसैले अफगानिस्तानमा दूर दराजका ठाउँहरुमा समेत हेलिकप्टर उडाइन्थ्यो ताकि सैनिकहरुलाई तत्कालै दन्त चिकित्साका लागि सिविर लैजान सकियोस् ।

ब्रिटिस डेन्टर एसोसिएसनका अनुसार अफगानिस्तान तथा इराक युद्धको तुलनामा दाँतको समस्याका कारण बेलायतमा धेरै सैनिक अयोग्य भएका छन् । एक अध्ययन अनुसार सेनामा भर्ती हुने युवाहरुमा समाजका अन्य व्यक्तिको तुलनामा दन्त समस्या दोब्बर पाइएको छ र तीमध्ये अधिकांस गरीब पृष्ठभूमिका छन् ।

सन् २०२० देखि २०२४ सम्मको उक्त तथ्यांक अनुसार चिकित्सा आधारमा अस्वीकृत गरिएका युवामध्ये करीब आधामा मानसिक समस्या पनि देखिएको थियो । साथै उनीहरु मुटु सम्बन्धी समस्या, प्रजनन समस्या र ज्वरो लगायतका कारणले पनि अयोग्य घोषित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us