ग्रिस पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ साउन ५ गते १५:३० मा प्रकाशित

काठमाण्डू, ५ साउन– प्रहरीले आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–९ बस्ने धादिङ नेत्रावती गाउँपालिका–५ घर भएका २९ वर्षीय सुदिप सापकोटा रहेको प्रहरीले जानकारी दिएको छ ।

सुदिपले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको पीडितको उजुरीको आधारमा काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शनिबार उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

काठमाण्डू महनागरपलिका–१५ बाट पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डू पठाइएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us