सप्तकोशी नदीमा नुहाउन पसेका एक बालक बेपत्ता

काठमाण्डु टुडे २०८२ साउन ५ गते १४:३७ मा प्रकाशित

काठमाण्डू, ५ साउन– सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा एक जना बेपत्ता भएका छन । भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन ।

तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएको र दीपेश बेपत्ता भएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए । बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us