काठमाण्डू, ५ साउन– अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न २० जनाले रोजगारी प्रप्त गरेका छन । हिजो (आइतबार) डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर तथा बँदेल हेरालु छनोट गरी नाम सार्वजनिक गरेको छ ।
जसमा २० जनाको नाम निस्किएको छ । उनीहरूलाई सम्झौता तथा अभिमुखीकरणका लागि सोमबार बोलाइएको छ । वन्यजन्तुजन्य क्षति न्यूनीकरण, किसानको खेती सुरक्षित गर्ने तथा वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता हेरालु छनोट गरिएको कार्यालयले जानकारी दिएको छ ।
डिभिजन वन कार्यालय र कार्यालय अन्तर्गतका वन व्यवस्थापन काममा सक्रिय समूह कोषमा मौज्दात आय राम्रो रहेका सामुदायिक वन समूहहरूको सहकार्यमा यी हेरालु राख्ने निर्णय गरिएको बताइएको छ । तोकिएको समयमा अभिमुखीकरणमा नगए सम्झौता नहुने कार्यालयले जानकारी दिएको छ ।