काठमाण्डू, ४ साउन– आज (आइतबार) पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारी एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न एमालेको मुख्यालय च्यासलमा पुगेकी छन ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने च्यासल पुगिसकेका छैनन् । दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारणले केहीबेर पर धकेलिएको स्रोतले जानकारी दिएको छ ।