काठमाण्डू, ४ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण गराउन निर्वाचन आयोगमा पुगेका छन ।
आज (आइतबार) रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानुन विभागका नेताहरु निर्वाचन कार्यालय पुगेका हुन् । रास्वपाका नेताहरुले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर छलफल समेत गरेका छन ।
भेटपछि महामन्त्री बुर्लाकोटीले निर्वाचन आयोगले पदाधिकारी हेरफेरमा विलम्ब गरेको बुझ्न आएको जानकारी दिए । उनले भने, ‘विलम्ब नहुनुपर्ने केही कैफियत छ कि भनेर कुरा राख्न आएका थियौं, ‘पार्टीबाट बुझाइएका सबै जसो पुगेको उहाँहरुले भन्नुभएको छ । पदाधिकारी हेरफेर भएको विवरण पटक–पटक बुझाइरहेका पनि छौं ।’
आयोगले रास्वपाका पदाधिकारी हेरफेर अद्यावधिक नगर्दा पूर्वमहामन्त्री त्यही पूर्ववत् पदमा फर्कन पाउनुपर्ने मागसहित सर्वोच्च अदालत गएका छन् ।