होटल याक एण्ड यतिमा कोइराला पक्षको बैठक

काठमाण्डु टुडे २०८२ साउन ४ गते १४:२६ मा प्रकाशित

काठमाण्डू, ४ साउन– कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकटका सांसदहरुलाई बैठकमा बोलाएका छन । नेता कोइरालाले आफ्नो पक्षका सांसदहरुलाई दरबारमार्गस्थित होटल याक एण्ड यतिमा छलफलका लागि बोलाएको कोइराला निकट स्रोतले जानकारी दिएको छ ।

हाल छलफल जारी रहेको संस्थापन इतरका एक नेताले जानकारी दिए । पछिल्लो समय कोइरालाले पार्टी बाहिरका नेताहरूसँग पनि छलफलको क्रम तिव्र पारेका छन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूको निवासमै गएर कोइरालाले भेटेका थिए । कोइराला निकटका नेताहरूका अनुसार उनले अन्य दलका मूल नेतृत्वसँग पनि भेट्दै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us