बुद्धचित्त चोरी गर्ने समूहले ललितपुरमा धनीमाथि प्रहार गर्‍यो खुकुरी, ३ जना पक्राउ

काठमाण्डु टुडे २०८२ साउन ४ गते १३:४४ मा प्रकाशित

काठमाण्डू, ४ साउन– बुद्धचित्त चोरी गर्न पुगेको समूहले बुद्धचित्त धनीमाथि खुकुरी प्रहार गरेका छन । खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको ।

पक्राउ पर्नेहरुमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ रहेको ललितपुर प्रहरीका प्रवक्ता चक्रराज जोशीले जानकारी दिएका छन ।

यो समूह गोदावरी नगरपालिका–७ मा कृष्णबहादुर मार्फाले लगाएको बुद्धचित्त चोर्न गएको प्रहरीले जानकारी दिएको छ । राति २ बजेतिर कुकुर भुकेपछि धनी कृष्णबहादुर घर बाहिर निस्केका थिए ।

त्यसपछि यो समूहले मार्फामाथि खुकुरी प्रहार गरेको एसपी जोशीले जानकारी दिए । खुकुरी प्रहारबाट दाँया हातमा चोट लागेको र पाँचवटा टाँका लगाइएको प्रहरीले जानकारी दिएको छ ।

बुद्धचित्तको सुरक्षाका लागि मार्फाले सीसीक्यामेरा समेत जडान गरेका थिए । सीसीक्यामेराको तार समेत काटेर उनीहरुले बुद्धचित्तको दाना टिपेको प्रहरीले बताएको छ । उनीहरुबाट ९९ वटा बुद्धचित्तको दाना बरामद भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us