संसद् अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने रास्वपाको कार्यशैलीमा अल्झिएर बस्दैनौँः एमाले

काठमाण्डु टुडे २०८२ असार १ गते १३:४० मा प्रकाशित

काठमाण्डू, १ असार– सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेश कुमार बर्ताैलाले संसद् अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसक्ने बताएका छन ।

आज (आइतबार) बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफल पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक बर्ताैलाले यस्तो बताएका हुन ।

उनले संसद्लाई लामो समय अनिर्णयको बन्दी बनाउन नसकिने पनि बताएका छन । उनले संसद् आजबाट आफ्नो नियमावलीअनुसार अघि बढ्ने बताए । शोक प्रस्ताव राख्दा पनि बेल घेराउ गरिरहनु शहीदप्रतिको अपमान भएको उनको तर्क छ ।

सरकारी बिजनेसमाथिको विरोध गर्नु जायज भए पनि शोक प्रस्ताव राख्दा समेत विरोध गर्नुले संसद्को मर्यादा गिराएको उनले बताए । अशोभनीय व्यवहार र प्रवृत्ति संसदमा देखिनु राम्रो नभएको उनको भनाइ छ । प्रमुख सचेतक बर्तौलाले सङ्घीय निजामती लगायतका महत्त्वपूर्ण विधेयकहरू आजको संसद् बैठकबाट अघि बढाइने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us