माओवादीले धोका दियो, आन्दोलन जारी रहन्छः रास्वपा

काठमाण्डु टुडे २०८२ असार १ गते १२:३५ मा प्रकाशित

काठमाण्डू, १ असार– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरूलाई धोका दिएको बताएका छन ।

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपा प्रमुख सचेतक परियारले यस्तो बताएका हुन । उनले भिजिट भिसा र अध्यागमनको विषयमा माओवादीले गरेको सहमति झारो टार्ने काम भएको आरोप समेत लगाए । उनले सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको पनि बताए ।

सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाइ नभएको गुनासो रास्वपाको छ । उनले गृहमन्त्रीको राजीनामाबाट आफूहरु पछि नहटेको बताए । सदनको काम कारबाहीमा रास्वपा जिम्मेवार रहेको उनको भनाइ छ ।

आफूहरुले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानविन समिति नबनाएसम्म सदन चल्न नसक्ने पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us