काठमाण्डूसहित पाँच प्रदेशमा बिहानैदेखि भारी वर्षा

काठमाण्डु टुडे २०८२ असार १ गते ८:११ मा प्रकाशित

काठमाण्डू, १ असार– हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू(भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार बिहान कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरुमा वर्षा भइरहेको छ । पछिल्लो एक घन्टामा काठमाण्डूको बूढानीलकण्ठमा २५ मिलिमिटर वर्षा मापन भएको छ ।

इलामको कन्यामा १८ मिलिमिटर, ताप्लेजुङको दोभनमा १३ मिलिमिटर, संखुवासभाको अरूणखोलामा ९.४ मिलिमिटर, बाराको रतनपुरीमा १३.४ मिलिमिटर, चितवको गोविन्दवस्तीमा १२.४ मिलिमिटर, दाङको कोइलावासमा ७ मिलिमिटर , दार्चुलाको गोकुलेश्रमा २.४ मिलिमिटर वर्षा भएको छ ।

आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us