
काठमाण्डू १५ जेठ– आगामी आर्थीक बर्ष ०८२–८३ को लागी सरकाले आज (बिहिबार) विनियनेजन गरेको बजेटमा यस पटक युवा तथा खेलकुद मन्त्रालयको झन्डै दोब्बर ले वृद्धि भएको छ ।
सरकारले आर्थिक वर्ष ०८२–८३ का लागि युवा तथा खेलकुद मन्त्रालयलमा ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुद मन्त्रालयमा विनियोजन गरिएको बजेट करिब दोब्बरले बढी हो ।
चालू आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि तीन अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।