
काठमाण्डू, १५ जेठ– सरकारले शिक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउने घोषणा गरेको छ ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।
प्रत्येक जिल्लामा एक विद्यालय पर्ने गरी प्रोत्साहा कार्यक्रम सुरु गरिने मन्त्री पौडेलले बताए । यसका लागि प्रति विद्यालय २५ लाख रुपैयाँ अनुदान दिइने उनले घोषणा गरे ।